अर्घाखाँचीमा रायमाझी र भुसालबीच कडा टक्‍कर

21.9k Shares

अर्घाखाँची, २९ कात्तिक । अर्घाखाँचीमा दुई पार्टीका केन्द्रीय स्तरका नेताबीच कडा चुनावी प्रतिस्पर्धा देखिएको लगातार तीन पटक चुनाव जितेका एमाले सचिव टोपबहादुर रायमाझीसँग सत्तारुढ गठबन्धनले निवर्तमान उपसभामुख एवं कांग्रेस नेतृ पुष्पा भुसाललाई मैदानमा उतारेको

अहिले रायमाझी भुसाल मतदाताका घरदैलोमा पुग्दा मतदाताले पनि विकासका लागि मौखिक आश्वासन होइन, लिखित हस्ताक्षर नै गराउन थालेका छन् कांग्रेस नेतृ भुसाल छत्रदेव गाउँपालिकाको ठूलापोखरामा पुग्दा स्थानीयले ठुलापोखराको विकासका योजना १० बुँदामा प्रतिबद्धता जनाए मात्रै भोट दिने माग राखे उनीहरुले पाँच वर्षसम्म गर्ने विकासमा मौखिक आश्वासनमा विश्वास गरेनन् त्यसपछि लिखित हस्ताक्षर गराए

उनीहरुको १० बुँदे मागमा वडाभित्रको सडकलाई स्तरोन्नती गर्दै व्यवस्थित कालोपत्रे गरिदिनुपर्ने, यस क्षेत्रकै ठूलो चौवाटार सिचाइँ कुलो सम्पन्न भएकाले त्यसलाई मर्मत सुधारको माग राखेका छन्

त्यस्तै कोकलचारेसेट्टारी सिचाइ योजना, दुग्दीसालबोटबलीफाँट सिचाइ योजना, गुठीअरटारीफुल्ली सानीखोलीतौवाखोला सिचाइ योजनामा बजेट पारेर सम्पन्न गर्ने प्रतिबद्धता भुसालले जनाइन् खेतबारीमा तटबन्ध, चौवाहको सरस्वती आधारभूत विद्यालयको भवन निर्माण, धार्मिक मठमन्दिर निर्माण गर्नेमा हस्ताक्षर गरेकी छन्

सालबोटकोटफेरा लिफ्टिङ खानेपानी, अशिदश चौवाहउरामथुम लिफ्टिङ खानेपानी योजना, दुग्दी, धैरेनीधरमपानी योजना निर्माण सम्पन्न गरी एकघर एक धारा बनाइदिनुपर्ने उपल्लो टिकुरी, तल्लो टिकुरी खानेपानी योजनामा मिटर जडान गर्नुपर्ने माग छन् जितेपछि वर्षभित्र यी काम सम्पन्न गरिदिन्छौं भनेर भुसाललाई मतदाताले लिखित हस्ताक्षर गराए

रायमाझीलाई पनि विकासका मागमा लिखित प्रतिबद्धता गराउने स्थानीयले बताएका छन् उनले लगातार तीन पटक चुनाव जितेका छन्

सम्बन्धित समाचार