काठमाडौं, २९ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं इलाम १ का उम्मेदवार झलनाथ खनालले इलामका जनताले आफूलाई फेरि पनि जिताउने बताएका छन् ।
‘विकासका दृष्टिले इलाम १६५ क्षेत्रमध्ये सबभन्दा एकदमै अगाडि छ । हामीले यहाँ अर्बौंको बजेट ल्याएर बहुआयामिक विकास गरेका छौं । प्रत्येक पालिकामा करोडौंका खानेपानी योजना छन् । सडक र विद्युतीकरण भएको छ । इलामे जनताले मलाई पटक पटक जिताए । फेरि पनि जिताउँछन् । मसँग जनता सन्तुष्ट छन् ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनलाई हराएर वा फुटाएर सत्तामा जाने सोच्नु दिवास्वप्न भएको खनालले बताए । खनालले भने, ‘गठबन्धनले जनताको मन करिब करिब जितिसक्यो । अब मंसिर ४ मा बाकसमा मत हालेर जिताउन मात्र बाँकी हो । अनेक उट्पट्याङ बोलेर झर्ला र खाउँला भन्ने बाहेक अरु ओलीको नियतिमा छैन ।’
साथै उनले गठबन्धनमा प्रधानमन्त्रीको एजेन्डाबारे छलफल नभएको पनि बताए । खनालले थपे, ‘हामी एकआपसमा बस्छौं र छलफल गछौ । नयाँ प्रधानमन्त्री चुनेर सरकार गठन गर्छौं । कुनै कुराले बाधा गर्लाजस्तो मलाई लाग्दैन ।’