मैले गरेको विकास निर्माण कार्य नै मेरो जित्ने आधार हो ः राजकाजी महर्जन

23.2k Shares

ललितपुर । ललितपुर क्षेत्र नं. ३ ‘क’ नेकपा माओवादी केन्द्रका उम्मेदवार तथा निवर्तमान प्रदेश सभा सदस्य राजकाजी महर्जनले आफ्नो पाँच वर्षे कार्यकालमा धेरै नै विकास निर्माणका कार्यहरु गरेको बताएका छन् । 

उनको पाँच वर्षे कार्यकालमा सांस्कृतिक सम्पदाको संरक्षण, बाल तथा युवा मैत्री पार्क, खेलकुद, महिला उत्थानका लागि पुर्वाधारदेखि लिएर शैक्षिक क्षेत्रमा पनि धेरै कार्य गरेका छन् । 

महर्जनको निर्वाचन क्षेत्र भनेको कोर सिटीभित्र रहेको हुँदा बच्चाहरु घरबाट बाहिर निस्कने अवस्था छैन । अभिभावकहरुले पनि घर बाहिर भन्दा घरभित्रै रमाउने समस्याले बच्चाहरुमा धेरै नै मानसिक समस्याहरु आउने देखिन्छ । मोवाइल प्रयोग बढी गर्ने र त्यसले बालक तथा यूवाहरुमा शारिरिक समस्या तथा सोच बदल्ने तथा नयाँ विचार र समाजलाई गहिरो गरि बुझ्ने सम्मस्याबाट ग्रस्त भएको अवस्था छ । अभिभावकले भनेको कुरा नसुन्ने, घर परिवारले भन्दा मोवाइल तथा छिटो प्रप्ती गुमाउने तथा अनावश्यक मनो विज्ञानले महत्वकाक्षी सोचहरुले ग्रस्त हुने हुदाँ घर बाहिर साथीहरुसँग घुलमिल हुने वातावरण बनाउने उद्देश्यका साथ निवार्चन क्षेत्र भित्ररहेका खाली पार्कहरुको निर्माण गरिनुका साथै त्यस्तै खाले पार्क निर्माणको पनि योजना रहेको महर्जन बताउँछन् । महर्जनले आफ्नो पाँच वर्षे कार्यकालमा ठेचोको दुरिखेलस्थित पाको पार्क, सुनाकोठीको बर्गैचा पार्क, ठेचोकै गलवन पार्क, सुनाकोठीको बालकुमारी शरी पर्यटकीय पार्क, कुसुन्ती पार्कलगायत थुप्रै ठाउँमा बालमैत्री पार्क निर्माण गर्नुका साथै यस्ता थुप्रै योजनाहरु रहेको महर्जनको भनाई रहेको छ । 

ललितपुर क्षेत्र नं. ३ नेवाः समुदायको संस्कृति र सम्पदा जोगाउने २०७४ सालको निर्वाचनमा बाँचा गरिएका महत्वपूर्ण सम्पदाहरुको संरक्षणको महत्वपूर्ण कार्य सम्पन्न गरिसकेको र बाँकी रहेका कार्यहरु पूरा गर्ने महर्जनतको भनाई रहेको छ । महर्जनकै पहलमा नेवाः समुदायले गुठी परम्परालाई जगेर्ना गर्दै आएका पनि छन् । जस मध्य गुठी संस्कृति र परम्परा महत्वपूर्ण रहेको छ । प्रत्येक परम्परा जोगाउन जग्गा जमिन तथा संस्थागत भवनहरु नेवा समुदायको सम्पत्ति रहेको छ । ति सवै सम्पदाहरुलाई संरक्षण गर्न बागमति प्रदेश सभाबाट विनियोजित ७ करोड १ लाख विनियोजित गरि सम्पन्न गर्ने काम पूरा भइसकेको छ । 

नेवारी समउदायको मुख्य थालोको रुपमा रहेको ठेचोमा रहेको पारु गुठी, दाफा गुठी, कोना गुठी, खड्गी गुठी, भजन पाटी, तेल मिल गुठीको भवन निर्माण महर्जनकै पहलमा निर्माण भएको छ । 

त्यस्तै ठैबमा रहेको नयाँ सभा भवन गुठी, जन सरोकार गुठी, चौला गुठी भवन, अन्तली चपा गुठी, धार्मिक स्वत बाराही पूर्वाधार निर्माणमा पनि धेरै नै बजेट विनियोगन गरी कार्य गरिसकेका छन् प्रदेश सभा उम्मेदवार राजकाजीले । 

यसैगरी, हरिसिद्धि मूलगुठी, अष्टमी गुठी, सुनाकोठीको सुनाकोठी बृद्ध स्तुपा भवन, सुनाकोठी बुद्ध स्तुपा निर्मा, हरि भवन गुठी, धापाखेलको प्रधान गुठी, नखिपोट गोर्खा संग्राहालय भवनलगायत समुदाय केन्द्रित गुठी निर्माणको लागि कुनै कसुरत बाकी नराखी सवै नेवार समुदायलाई गुठी परम्परालाई जोगाउन महर्जनले महत्वपूर्ण योगदान गरेका छन् । नेवारी समयदामा गरेको जुन कार्य छ यो मेरो कार्यकालको उल्लेख गर्न लायकको रहेको राजकाजी महर्जन बताउँछन् । 

नेवारी समयदायलाई मात्रै नभईखस आर्य परम्परा जोगाउन महत्वपूर्ण योगदान गरेका छन् महर्जनले । आफ्नो निवार्चन क्षेत्र भित्र रहेको सम्पूर्ण खस आर्य समुदायलाई लक्षित गरी किरियाापुत्री भवन निर्माणमा पनि त्यतिकै जोड दिएका थिए । आफूनेवारी समुदाय भित्रबाट प्रतिनिधित्व गरेता पनि सिँगो जातीयता भावनासँग जोडिएको आफ्ना जीवनका अभिन्न अंगको रुपमा जोडिएका परिवारको निधन हुदाँ निक्कै कठिन पुर्वक पुरा गर्नुपर्ने संस्कृतिको संरक्षणको लागि जुन योगदान पु¥याउने प्रयास गरेका छन् त्यो सम्झिन लायक रहेको स्थानीयको भनाई रहेको छ । खस आर्य परम्परा र संस्कृतिलाई संरक्षण गर्नको लागि धापाखेलस्थित पौडेल टोलमा किरिया पुत्री भवन, नागदह सामुदायिक किरिया पुत्री भवन, मखुण्डोल किरियापुत्री भवन, धापाखेल प्रधान किरियापुत्री भवन, कुसुन्ति कृयापुत्री भवन, भेल्पा किरियापुत्री तथा सामुदायिक भवन निर्माणमा महर्जनले महत्वपूर्ण योगदान पु¥याउनुका साथै अन्य यस्ता थुप्रै कार्यहरु गर्न बाँकी रहेकोले आगामी दिनमा पूरा गर्ने लवचनवद्धता समेत गरेका छन् महर्जनले । 

त्यसैगरी, खेलकुद क्षेत्रमा पनि महर्जनको पाँच वर्षे कार्यकालमा धेरै नै उल्लेख्य कर्याहरु गरेका छन् । शहरी क्षेत्र भित्र विकसित हुदै गएको आधुनिक खेलकुद क्षेत्रको लागि बागमति प्रदेशको बजेटबाट खेल क्षेत्रमा राम्रै उल्लेखनीय कार्य गरेका छन् महर्जनले । महर्जनले शहर भित्र बढ्दै गएको व्यस्ततालाई ध्यानमा राख्दै इकाई—इकाई र सवै उमेर समुहलाई प्रयोग हुने गरी मल्टीपर्पोज कर्भड हलहरुको निर्माण गरिसकेका छन् । टिनएज समुहको लागि, तिस वर्ष भन्दा मुनिका लागि, ५० वर्ष उमेर समुहका लागि पनि उपयुक्त हुने थोरै ठाउँमा धेरै शारिरिक रुपमा स्वास्थ हुन युवा, पाका सवैलाई ब्याटमिन्टन, बाक्सेटबल कोर्ट, टेबलटेनिस, भलीबल, कराते, मार्शल आर्ट तथा अन्य खेल क्षेत्रलाई विकास गर्न बजेट विनियोजन कतिपयो पूरा पनि भइसकेको महर्जनले बताएका छन् । 

महर्जनको पहलमा नखिपोट कर्वडहल हरिसिद्धि सामुदायिक व्याडमिन्टन भवन, ठेचो सर्वेश्वर सामुदायिक खेल कर्वडहल, ठेचो गलबन खेलकुद, ठैव युवा भवन, सुनाकोठी युथ एशोशियसन भवन, युवा पुस्तकालय भवनलगायत निर्माण सम्पन्न भइसकेको छ ।

सामुदायिक महिला संघ संस्था र संगठित हुने प्रक्रियासँगै शहर भित्र महिला समुहको विकास हुँदै गएको छ । महिला अधिाकार, सचेतना, महिलाहरुलाई अगाडि बढ्नको लागि उपयुक्त वातावरण बनाउने योजना रहेको छ राजकाजी महर्जनको । महिला आफै पनि शहर भित्र उत्पीडित हुन बाध्य हुने खतरालाई मध्यनजर गर्र्दैै समुह समुहको दर्ता तथा सस्ंथागत गर्ने कार्यहरु पनि गर्दै आइरहेको छ । विकासमा महिलाको पदलाई अनिवार्य सर्त सहित महिलाहरुको उपस्थितिलाई संस्थागत गर्ने प्रयासका साथ अगाडि बढिरहेका छन् नेकपा माओवादी केन्द्रका प्रदेशसभासदस्यका उम्मेदवार राजकाजी महर्जन छ ।

सोही कार्यअन्तर्गत हरिसिद्धि अटख्वा महिला सामुदायिक भवन, सुनाकोठी झिगु पासा पुच सामुदायिक महिला भवन, सुनाकोठी महिला भवन तथा एकल महिला सामुदायिक भवन, भेल्पा सामुदायिक महिला भवन, ठैव महिला समुह भवन, धापाखेल टोल सुधार समिति, आषिश टोल सामुदायिक तथा महिला भवन रहेका छन् ।

महर्जनको पाँच वर्षे कार्यकालमा शैक्षिक पूर्वाधार निर्माणमा पनि त्यतिकै महत्वपूर्ण योगदानहरु गरेका छन् । शिक्षा सवैको लागि अधिकार गुणस्तरिय शिक्षा र गुणस्तरिय पूर्वाधार मुख्य योजना अनुरुप बाल मैत्री शिक्षा र विद्यार्थी मैत्री पूर्वाधार निर्माणमा समेत ठूलै योगदान गरेका छन् । ठैवफुल्चोकी नमुना मा. वि निर्माण तथा स्कुल बस सँचालन, ठैव फुल्चोकी क्याम्पस निर्माण, सरस्वति मा.वि भवन निर्माण, जल्पा मा.वि भवन निर्माण तथा जल्पा मा .वि ल्याव आई टी पूर्वाधार, टवाइलेट निर्माण जल्पा मा.वि, बाल उदय प्रा. वि पूर्वाधार निर्माण, बाँडेगाउ बुद्ध मा. वि भवन निर्माण,ठेचो गलवन सामुदायिक उपज संकल्न केन्द्र, महेन्द्र भृकुटी मा. वि एकान्तकुना रहेका छन् । 

त्यसैगरी, धापाखेल नयाँ बस्ति हात्तिवन बाट पुरानो बस्ति ढल व्यवस्थापनपहिरो नियन्त्रण वडा नं २३ धापाखेल, हरिसिद्धि डगा ढल व्यवस्थापन, ठैव फुल्चोकी, पुखुसी, लाक्षी, लगायत वस्ति ढुङ्गा छाप्ने काम, बाँडेगाउ,लुइझो, टाङ्गा ढोका ढुङ्गा छाप्ने काम, सातदोबाटो, निर्मल वस्ति भरि ढलान, ठेचो मलामि बाटो निर्माण, ठेचो गुमज बाटो कल्भट निर्माण, अन्तरपालिका जोड्ने बाटो निर्माण, ठेचो पिङ्ग पहिरा नियन्त्रण, ठेचो पार्क पूर्वाधार वाल निर्माण, कुसुन्ति मुल भित्री सडक निर्माण, कुसुन्ति पार्क पहिरो नियन्त्रण, ठेचो सस खल्व बाटो निर्माण, खाचा पोखरी निर्माण,पाको ढुङ्गे धारा संरक्षण, विजुली पोल तथा तार व्यवस्थापन ठेचो, ठेचो दुरखेल खानेपानी योजना, ठेचो बेथेगल बाटो ढलान, ठेचो भजन मण्डल निर्माण साविक ठेचो, धापाखेल कृष्ण मन्दिर निर्माण,सुनाकोठी कृष्ण मन्दिर निर्माण, ल.पु.२३ धापाखेल मिलन वस्ति बाटो ढलान योजना,जवालाखेल टेलिकम पछाडि बाटो ढलान, बाल कुमारी खेल मैदान निर्माण योजना, बाल कुमारी स्वच्छ वार्तावरण प्रदुषण मुक्त क्षेत्र निर्माण, ठैव खुशी गाउ बाटो विस्तार, सुनाकोठी ओखाट ढल विस्तार, सुनाकोठी ओखाट खानेपानी पाइप लाइन विस्तार,सुनाकोठी ओखाट सामुदायिक भवन निर्माण, सुनाकोठी वडा नं २६ न्यखु, वेखति बाटो विस्तार,बौद्धिक अपाङ्गता आवास भवन निर्माण,सुरक्षित महिला आवास गृह निर्माण, खुमल हाईट बाटो निर्माण, धापाभ्याली टोल सडक निर्माण,धापाखेल मेन रोडबाट गुठि घर वस्नेत गाउँ पक्की सडक, धापाखेल नयाँ बस्ति ढल निर्माण,एरावट टोल वाल ढलान निर्माण योजना, धापाखेल मिलन बस्ति बाटो ढलान योजना,चौतारा पिपलबोट भ्याली होम्स पश्चिम चौर वस्तिसम्म बाटो निर्माण,चौताराबाट भ्याली होम्स बाटो ढलान, चौतारादेखि भ्याली होम्स ढल निर्माण योजना, सुनाकोठी धुरडोल धारा किरियापुत्री भवन निर्माणसमेत गरिसकेका छन् । यस्तै धेरै कार्यहरु गर्नुपर्ने देखिएको हुँदा आगामी निर्वाचन पनि आफूले गर्ने प्रतिबद्धतासमेत गरिसकेका छन् । महर्जनले गरेको विकास निर्माण कार्यमा प्रतिनिधि सभा सदस्यमा पम्फा भुषालले विजय हासिल गरेकै कारणले पनि उनलाई सहज भएको राजकाजी बताउँछन् । प्रतिनिधिसभा सदस्यमा पम्फा भुषालले विजयी भई मन्त्री भएकै कारणले पनि बजेट विनियोजन गर्न आफूलाई सहज भएको कारणले विकास निर्माण कार्य गर्न सफल भएको र आउँदै गरेको मंसिर ४ गतेको प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यमा फेरि पनि गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार पम्फा भुषाल र प्रदेश सभा सदस्यको उम्मेदवार आफू भएकोले फेरि पम्फा भुषाल र मलाई विजयी गराई पठाएको खण्डमा ललितपुर क्षेत्र नं. ३ भरी विकासको मूल नै फुट्नुको साथै विकास निर्माण गर्नुपर्ने ठाउँ खोज्नुपर्ने अवस्था आउने राजकाजी महर्जन बताउँछन् ।

महर्जनको पाँच वर्षे कार्यकालमा गरेको विकास निर्माणको कार्यलाई हेर्ने हो भने ललितपुर क्षेत्र नं. ३ ‘क’ मा फेरि उनी निर्वाचित भएको खण्डमा अर्कोपटक विकास निर्माण गर्ने ठाउँसमेत खोज्नुपर्ने अवस्था आउने स्थानीयले बताउने गरेका छन् । 


सम्बन्धित समाचार