निर्वाचनको भीडभाडले नयाँ भेरियन्ट फैलिनसक्छ, सावधानी अपनाउनू : स्वास्थ्य मन्त्रालय

21.4k Shares

काठमाडौं, २२ कात्तिक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड१९ को संक्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानी अपनाउन आग्रह गरेको मन्त्रालयले कोभिड१९ को संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भीडभाड कम गर्न जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले निर्वाचन केन्द्रित कार्यक्रमहरूमा भीडभाड गर्दा कोभिड१९ को संक्रमण दर बढ्नसक्ने बताए उनले देशमा कोभिड संक्रमण दर उच्च नभए पनि संक्रमणको अवस्था भने यथावत रहेको भन्दै भीडभाड बढी हुँदा अन्य प्रकारका संक्रामक रोग पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले त्यसमा पनि सावधानि अपनाउन आग्रह गरे

उनले विश्वव्यापी रूपमा कोभिड१९ को संक्रमण घटे पनि जोखिमपूर्ण भेरियन्ट आउनसक्ने सम्भावनका कारण सावधानी अपनाउनुपर्ने स्पष्ट पारे

अहिले पछिल्लो समय नयाँ भेरियन्ट, ओमिक्रोनको नयाँ प्रजाति पनि पुष्टि भएको अवस्था संक्रमण पुष्टि हुने दर अथवा समुदायमा बिरामी हुने दरहरु, अस्पताल भर्ना हुने, समग्र कुराहरु हेर्ने हो भने अहिले त्यस्तो धेरै देखिन्न, उनले भने, अहिले सिजनल फ्लूसँग पनि जोडिएर डेङ्गुको पनि प्रकोप कोभिडको संक्रमण पनि सँगसँगै रहेर पनि मानिसहरू एकातिर केन्द्रित भएको हुनसक्छ संक्रमण पुष्टि हुने कुराहरु शून्य भइसकेको अवस्था अहिले छैन

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. अधिकारीका अनुसार अहिलेसम्म करोडभन्दा बढी मात्रा खोप नेपालले प्राप्त गरेको जसमध्ये साढे करोड मात्रा खोप लगाइसकिएको तथ्यांक   खोप लगाउने लक्षित जनसंख्या करोड ३३ लाखभन्दा बढी रहेकोमा त्यसमध्ये शतप्रतिशतले एक मात्रा खोप लगाएको ९६ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको बताए

सम्बन्धित समाचार