‘राजनीति पेशा होइन, विशुद्ध समाजसेवा हो’

43k Shares

नेपाल विद्यार्थी संघबाट खारिएका जुझारु युवा नेता हुन् बिनोद वान्तवा । भोजपुर जिल्लाको दूरदराजमा जन्मिएका वान्तवा नेपाली कांग्रस भोजपुरका पार्टी सभापति हुन् । उनले आसन्न मंसिर ४ गते हुनगइरहेको आमनिर्वाचनमा भोजपुर प्रदेश ‘ख’बाट प्रदेससभा सदस्य पदमा उम्मेदवारी दिएका छन् । उनी गठबन्धनको नेपाली कांग्रेसकोतर्पmको भोजपुर प्रदेश ‘ख’बाट उम्मदेवार बनेका हुन् । वान्तवा राजनीतिलाई पेशा नभई नितान्त समाजसेवा ठान्दछन् । जनताको काममा सधैं दत्तचित्त उनी उदार लोकतन्त्रको अभ्यासका लागि युवाहरुलाई अभ्यस्त बनाउनुपर्नेमा जोड दिन्छन् । सधैं निष्ठाको राजनीतिमा लागेर लोकप्रिय छवि बनाएका वान्तवा निष्ठावान नेता र स्पष्ट वक्ताका रुपमा परिचित छन् । आमनिर्वाचनमा केन्द्रित रहेर नेता वान्तवासँग गरिएको संक्षिप्त कुराकानी ः

अहिले तपाईं भोजपुरमा के गर्दै हुनुहुन्छ ?

म सत्तारुढ गठबन्धन दलका जिल्ला नेता, कार्यकर्तासँग चुनावी रणनीति बनाउने र प्रचार प्रसारमा लाग्ने तयारीमा जुटिरहेको छु । त्यसपछि गठबन्धनका साथीहरु एकढिक्का भएर चुनाव प्रचारमा लाग्ने छौं । त्यसको लागि भोजपुरवासी नागरिकको घरदैलो कार्यक्रम पुग्नेछौं । त्यसरी उहाँहरुको घरदैलो पुगिरहँदा जनतामा के समस्या छ, हामीले गर्ने के हो त्यसबारेमा राम्रो पहिचान हुन्छ भन्ने हाम्रो ठम्याइ छ । त्यसैको लागि हामी अहिले गठबन्धन दलका साथीहरुसँग चुनावी रणनीतिमा बनाइरहेका छौं ।

गठबन्धन कत्तिको अनुशासित ढंगले कसिलो होला भन्ने लाग्छ ?

हाम्रो गठबन्धन चुनावी मात्रै होइन सरकारसँग पनि छ । यो गठबन्धन एकदमै अनुशासित, इमानदार र एक ढिक्का भएर लाग्ने छौं भन्नेमा म विस्वस्त छु । त्यसमा खुकुलिएका बन्धनहरुलाई फेरि कसेर बन्दिलो बनाउने । र, केही टाढिएका साथीहरुलाई पुनःहामीसँग जोड्ने अभियानमा हामी जुटिरहेका छौं । त्यसको लागि के कसरी हुन्छ भनेर हामी छलफल गरिरहेका छौं । त्यसमा सहभागी साथीहरु पनि प्रतिवद्ध हुनुहुन्छ । त्यसकारण हाम्रो गठबन्धन एकदमै विश्वस्त, अनुशासित, बलियो र प्रभावकारी रहन्छ भन्नेमा हामी ढुक्क छौं ।

कांग्रेसभित्रै टिकट वितरणको विषयमा असन्तुष्टि छ, त्यसलाई कसरी मिलाउनुहुन्छ त ?

पार्टी राजनीतिमा लागिसकेपछि सबै साथीभाइले चुनाव लड्ने, जित्ने, जनताको सेवा गर्ने महत्वकांक्षा राखिन्छ । त्यसरी लागिसकेपछि चुनावमा सबै साथीहरुले भाग लिनुपर्छ । जब पार्टीका शीर्ष नेताहरुले ‘रेडी गो’ भनेपछि हामीहरु सबै दौडिन्छौं । त्यो दौडमा कुनै साथीले समय अगाडिनै लिक छोडेर अन्तिम बिन्दुबाट बाहिरिन्छन् । तर, राजनीतिमा त्यस्तो हुँदैन सबै साथीहरुले अन्तिम बिन्दुसम्म पुग्नुपर्छ । र, पार्टीले गरेको निर्णयमा देश, जनता र पार्टीको भविष्य जोडिकाले सबै साथीहरु इमानदारपूर्वक लाग्छन् भन्नेमा मैले विश्वास लिएको छु । त्यसमा मैले गर्नुपर्ने पहल कदमीमा साथीहरुलाई मनाउने, सम्झाउने, मसंग भएको कुरा दिने, उहाँहरुलाई लागेका कुराहरु पार्टीसँग भन्नेमा कुनै कसर बाँकी राख्ने छैन । केही विषयमा मन अमिलो पारी असन्तुष्ट रहेका साथीहरुलाई पनि भुनावी अभियानमा एक ढिक्का बनाएर जानेछु । त्यसमा कुनै दुईमत छैन ।

धेरै वर्षदेखि गुम्दै आएको भोजपुर कांग्रेसको शाख यसपालि स्थापित गर्न सक्नुहुन्छ ?

त्यसको लागि सबै साथीहरु एकजुट भएर लाग्नुहुन्छ भन्नेमा म विश्वस्त छु । यो चुनाव मैले होइन नेपाली कांग्रेसले जित्ने हो । कांग्रेस पार्टीले एकजुट भएर निर्वाचित गरेपछि मात्रै म माननीय हुने हो । माननीय निर्वाचित भइसकेपछि यहाँका सम्पूर्ण जनताको लागि विकास निर्माणको काम गर्ने हो । जनताका आवश्यकता परिपूर्ति गर्न लागिपर्ने हो । यहाँका नेता, कार्यकता, अग्रज र जनताले चाहेको र लगाएको काम गर्ने हो । मलाई आफू सांसद, मन्त्री हुनेभन्दा पनि भूगोलको आवश्यकता र जनताको चाहना अनुसार काम गर्ने रहर छ । त्यसैले यहाँका नेता, कार्यकर्तालगायत गठबन्धनका सम्पूर्ण साथीहरुले निर्वाचित गराउनुहुन्छ भन्नेमा ढुक्क छु । यो चुनावमा गठबन्धनका हाम्रो टिम एकदमै विश्वास र भरोसामा दरिलो छ ।

कांग्रेसले टिकट दिने गरी पार्टीमा के योगदान गर्नुभएको छ ?

म नेपाल विद्यार्थी संघबाट नेपाली कांग्रेसको राजनीतिमा आएको हँु । मैले २०४४÷४५ सालदेखि नेपाल विद्यार्थी संघको जिल्ला कार्यसमितिमा रहेर काम गर्दै आएको हुँ । त्यतिबेला पार्टी प्रतिबन्धित अवस्थामा थियो । त्यहींबेलादेखि सक्रिय विद्यार्थी राजनीतिमा रहेर काम गरिसकेको छु । विद्यार्थी राजनीतिमा नेविसंघको जिल्ला कार्यसमितिबाट केन्द्रीय सदस्यहुँदै केन्द्रीय कोषाध्यक्षसम्म भएर भूमिका निर्वाह गरेको छु । त्यसपछि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरेको हुँ । पार्टी राजनीतिमा आइसकेपछि मैले आफ्नो जन्मथलो भोजपुरको भूगोलमा रहेर काम गर्दै आएको छु । त्यहीं कामको मूल्यांकन गरेर कांग्रेसका नेता, कार्यकर्ताले मलाई जिल्ला सभापतिमा निर्वाचित गराउनुभएको हो । अहिले उहाँहरुको जोडबल र पार्टी संगठनमा मेरो कामको मूल्यांकन गरेर नेपाली कांग्रेसले मलाई भोजपुरको प्रदेश ‘ख’ बाट प्रतिनिधिसभा सदस्यको टिकट दिएर पठाएको हो ।

भोजपुर प्रदेश ‘ख’ का जनताले तपाईंलाई नै भोट दिएर निर्वाचित गराउनुपर्ने कारण के ?

पहिलो त नेपाली कांग्रेस पुरानो ठूलो प्रजातान्त्रिक पार्टी हो । सैद्धान्तिक रुपमा कुरा गर्दा पनि नेपालको प्रजातान्त्रिक पार्टी कांग्रेस नै हो । देशलाई अग्रगामी परिवर्तनको बाटोतिर डो¥याउने पनि कांग्रेस नै हो । जहिले पनि देशलाई अप्ठ्यारो पर्दा सधैं कांग्रेसले नेतृत्व गर्ने गरेको छ ।

सम्बन्धित समाचार