दोलखामा गठबन्धनको लहर, जित सुनिश्चित ः काफ्ले

25k Shares

दोलखा । आसन्न मंसिर ४ मा हुने निर्वाचनमा प्रदेशसभा १ दोलखाबाट गठबन्धनका उम्मेदवार कुन्दन काफ्लेले अवको आन्दोलन समृद्ध विकासको आन्दोलन हुने बताएका छन् । गठबन्धनको वृहत चुनावी सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उम्मेदवार काफ्लेले अव राजनीतिक लडाईको अन्त्य गरी जिल्लालाई समृद्ध बनाउनतर्फ गठबन्धनका उम्मेदवारलाई जिताउन सबै गठबन्धनका दलहरु लागि पर्नुपर्ने बताए । यदि आन्दोलननै गर्नुपरे शिक्षा, स्वास्थ्य र रोजगारको आन्दोल हुनेछ । विभिन्न जात, धर्म र भुगोलका नागरिकलाई संरक्षण गर्दै अगाडि बढ्ने खालको आन्दोलन हुने धारणा व्यक्त गरे ।

नेता काफ्लेले भने, ‘राजनीतिक लडाईका कारण हामीले बनाएको संविधान र गणतन्त्रको बारम्बार अपमान भएको छ । अव गठबन्धनले ठुलो उपलब्धि हासिल गर्नुपर्ने छ । त्यही उपलब्धी हासिल गर्नका लागि हाम्रो गठबन्धन हो । अरु देश यस्तो उस्तो भनेर गुनगान गाउनुभन्दा नेपाल सामाजिक, संस्कृतिक, रानीतिक तथा भौगोलिक हिसावले भरिपुर्ण देश हो भनेर अव गठबन्धनको सरकारले चिनाउने छ ।’            

कार्यक्रममा काफ्लेले दोलखाको विकास निर्माणका कार्यमा आफु सदैव लागि पर्ने बताए । दोलखा धेरै हाइड्रोपावरको सम्भावना बोकेको जिल्ला भएका कारण हाइड्रोको स्तरउन्नतीका लागि केन्द्र र प्रदेशसम्म पुगेर लडाइ गर्ने बताए ।

उनले भने, ‘विगतदेखि चर्चामा रहेको अपर तामाकोशीको क्षमता कति हो अपर तामाकोशीको स्थापना कालदेखी पार्टी नेतृत्वमा को–को हुनुहुन्छ । अपर तामाकोशीको लगानी कति हो र अहिले कति पुग्यो लगायतका कुराको जानाकारी हामीले हरेक नागरिकलाई गराउने छौँ ।’

दोलखामा एमालेले दोलखामा धेरै झुटको खेती ग¥यो । विकास निर्माणका काम गर्ने भन्दै एकछत्र राजनीति ग¥यो, अव एमालेले गरेको एकछत्र राज र विकास निर्माणका काममा भएका हरेक भ्रष्ट्राचारको उन्मुलन गर्नकालागि गठबन्धन लागि परेको छ ।

दोलखाको राजनीतिक इतिहासमा नेकपा एमालेले लामो समय शासन गर्दा समेत जिल्लाको विकास र जनताको पक्षमा केही उपलव्धि हुन नसकेकोमा समेत काफ्लेले आपती जनाए ।                                     

बाम लोकतान्त्रिक गठबन्धनवाट उम्मेदवार बनेका कांग्रेस केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले दोलखामा गठबन्धनका उम्मेदवारको जित सुनिश्चित रहेको दावी गरेका छन् ।

दोलखा प्रदेश सभा ‘क’ मा उम्मेदवार बनेका काफ्लेले गठबन्धनका दलहरु एकतावद्ध भएर चुनावमा होमिने र मंसिर ४ गते दोलखाको जनमत गठबन्धनको पक्षमा उत्रिने बताए ।

स्थानीय तहवाट दोलखामा पहिलो र दोश्रो शक्ति बनेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा नेकपा एकिकृत समाजवादी समेतको मत जोड्दा गठबन्धनको पक्षमा दोब्बर मत हुने उनको दावी छ ।              

दोलखाको राजनीतिक इतिहासमा नेकपा एमालेले लामो समय शासन गर्दा समेत जिल्लाको विकास र जनताको पक्षमा ठोस उपलव्धि हुन नसकेको भन्दै उम्मेदवार काफ्लेले एमालेको जनमत दिनप्रति दिन खस्किदै गएको बताए । दोलखामा बामगठबन्धनवाट राजनीतिमा खारिएका पुराना नेता र युवा पुस्ताको नेतृत्वलाई समायोजन गरेर उम्मेदवारी दर्ता भएपछि जिल्लावासीमा नयाँ उत्साह छाएको उनको भनाई छ ।

पूर्वाधार विकास र सामाजिक विकासले दोलखालाई नमूना बनाउने र जनताको जीवनस्तरलाई माथि उठाउनु गठबन्धनको मुख्य उद्धेस्य र लक्ष्य रहेको काफ्लेले बताएका छन् ।

सम्बन्धित समाचार