20k
Shares
संस्कृतिविद् सत्यमोहन जोशीको निधनमा सरकारले मंगलबार शोक विदा दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार सूचना जारी गरी कात्तिक १ गते देशभर शोक बिदा दिने निर्णय भएको जनाएका छन् । यससँगै ंस्कृतिविद् जोशीको निधनको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
संस्कृतिविद् जोशीको असोज ३० गते बिहान ७ बजेर ९ मिनेटमा निधन भएको थियो ।