प्रहरीमा तल्लो तहमा थपिएका सेवा सुविधामा विभेद

18.8k Shares

काठमाडौं, ३० असोज नेपाल प्रहरीमा तल्लो तहमा थपिएका तीन नयाँ दर्जामा सेवा सुविधामा व्यापक विभेद भएको पाइएको

प्रहरीमा तल्लो दर्जामा १० वर्षभन्दा लामो समयसम्म पनि एकै दर्जामा बस्दा मनोबल कार्यसम्पादनमा समेत असर परेको भन्दै सहायक हवल्दार, वरिष्ठ हवल्दार वरिष्ठ सई गरी तीन पद सिर्जना गरिएको थियो

प्रहरी नियमावली ०७१ लाई नवौँ संशोधन गरी तीन पद सिर्जना गरिएको हो नयाँ पद सिर्जना भएपछि सेवा सुविधासमेत बढ्ने प्रहरी कर्मचारीको अपेक्षा भने पूरा हुन सकेन

मन्त्रिपरिषद्ले प्रहरी नियमावली ०७१ लाई संशोधन गरी (नवौँ संशोधन) नियमावली, २०७८ गत माघ गते राजपत्रमा प्रकाशित भएको थियो

सोही आधारमा गत चैतबाट तल्लो तहमा एक तह बढुवा प्रक्रिया सुरु भएको थियो संशोधनपछि तीन पदमा गरेर २० हजार चार सय १९ प्रहरीको बढुवा भएको थियो

प्रर्याप्त अध्ययन योजनाबिनै तह बढुवा अगाडि बढाइएको प्रहरी कर्मचारीहरुको गुनासो तत्कालीन आईजीपी शैलेश थापा क्षेत्रीको कार्यकालमा यो व्यवस्था लागु भएको हो

हतारमा लोकप्रियताका लागि यो योजना ल्याइए पनि विस्तृत अध्ययन, अनुसन्धान दीर्घकालीन भावि प्रभावबारे स्पष्ट मार्गचित्र ल्याउन नसक्दा यसले संगठनभित्रै थप समस्या आइरहेको प्रहरी अधिकारीहरुको बुझाई

त्यसपछि सईबाट वरिष्ठ सईमा हजार ४१८ जना, हवल्दारबाट वरिष्ठ हवल्दारमा हजार ७४८ प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा १५ हजार २५३ जना बढुवा अवसर पाएका थिए

तर सेवा सुविधा भने वरिष्ठ भन्दा कनिष्ठकै बढी हाल सईले ४२ हजार ६१३ रुपैयाँ प्राप्त गर्दछन् भने वरिष्ठ सईले ४० हजार ९०० रुपैयाँ मात्रै प्राप्त गर्दछन्

यो समस्या सहायक हवल्दार वरिष्ठ हवल्दारको हकमा पनि   उनीहरुले आफुभन्दा जुनियरको भन्दा कम सेवा सुविधा प्राप्त गरेका छन्

यसले प्रहरी कर्मचारीमा झनै बढी निरासा थपेको एक वरिष्ठ सईले भने,जुनियरको तलब हाम्रो भन्दा बढी यो कसरी बनाइयो हचुवाको भरमा नीति ल्याइयो प्रर्याप्त अध्ययन नै भएन यसले मनोबल बढ्ने होइन झन् कमजोर भयो अर्कोतिर तह बढुवा भएकाहरुको कार्यविभाजन पनि भएन

 ग्रेड मिलानमा ध्यान नपुर्याउँदा सेवा सुविधामा फरक परेको बताइएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी टेकप्रसाद राई आएका गुनासाहरुबारे लेखापढीको काम अगाडि बढिरहेको बताउँछन्

 उनले भने,यसमा हाम्रो ध्यानाकर्षण भएको तह बढुवापछि निरासा होइन थप उत्साह आएको प्रहरी कर्मचारीको काम कर्तव्य सबै स्पष्ट त्यसैले कार्यविभाजन भएन भन्ने कुरा पनि होइन ” उनले माथिल्लो दर्जाको सेवा सुविधा तल्लो दर्जाभन्दा कम नभएको दाबी गरे

सम्बन्धित समाचार