इन्स्पेक्टर नै हिरासतमा

23.7k Shares

 काठमाडौं, २५ असोज  ।  इलाका प्रहरी कार्यालय खानीखोला, धादिङका इन्चार्ज इन्स्पेक्टर अपूर्व ढुंगाना अहिले प्रहरीको हिरासतमा छन् जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा उनलाई थुनामा राखिएको हो प्रहरी प्रधान कार्यालयले खानीखोलामा इन्स्पेक्टर डबल बहादुर बमलाई काजमा खटाएको

इन्स्पेक्टर ढुंगानामाथि सहकर्मी महिला प्रहरीलाई बलात्कार प्रयास गरेको आरोप इलाका प्रहरी कार्यालय खानीखोलामा कार्यरत महिला प्रहरीले उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा बलात्कार उद्योग गरेको जाहेरी दिएपछि उनी पक्राउ परेका हुन्

पीडितले दिएको उजुरीको आधारमा ढुंगानामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्याम खत्रीले बताए इन्सपेक्टर ढुंगाना असोज १५ देखि हाम्र्रो नियन्त्रणमा छन् खत्रीले भने, आरोपबारे अनुसन्धान गर्दैछौं  

असोज १५ गते राति बजेपछि इप्रका खानीखोलास्थित महिला प्रहरीको ब्यारेकमा आएर ढुंगानाले बलात्कार प्रयास गरेको महिला सहकर्मीको आरोप सो घटना रिपोर्ट हुनासाथ धादिङका एसपी राकेश सिंहले इन्स्पेक्टर ढुंगानालाई पक्राउ गर्न आदेश गरेका थिए

करणी उद्योगमा मुद्दा दर्ता भएसँगै आरोपी स्वतः निलम्बनमा परेका छन् उनी थुनामा परेको १० दिन भएको इलाका प्रहरी कार्यालय कमाण्डरबिहीन भएपछि त्यहाँ इन्स्पेक्टर बमलाई काजमा पठाएको प्रहरी प्रधान कार्यालयले जनाएको

सम्बन्धित समाचार