निलम्बनमा परेका प्रधानन्यायाधिश आजबाट अदालत फर्कदै

20.5k Shares

काठमाडौं, २ असोज । निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आजबाट सर्वोच्च अदालत फर्कने भएका छन् । आफूमाथि लागेको महाभियोग प्रमाणित नभएको भन्दै जबराले आफू आज ११ बजे अदालत पुग्ने जनाए ।

संचारकर्मीसँगको कुराकानीमा जबराले भनेका छन् ‘म आज ११ बजे अदालत जान्छु (काममा फर्कन्छु), ममाथि लगाईएको महाभियोग प्रमाणित भएन ।’

जबरामाथि सत्तापक्षका ९८ जना सांसदले महाभियोग दर्ता गरेका थिए । लामो समयसम्म उक्त प्रस्ताव त्यतिकै राखेर हालै अघि बढाईएको थियो । हिजो राति १२ बजेबाट संसद्को कार्यकाल पनि समाप्त भएको छ ।

महाभियोग सिफारिश समितिले भने हिजो राति ढिलैगरि भएपनि सभामुख अग्निप्रसाद सापकोटासमक्ष प्रतिवेदन बुझाएको थियो । समितिमा रहेका एमाले र लोसपाका सदस्यहरुले भने फरक मत राखेका छन् ।


सम्बन्धित समाचार