सिरहा जिल्लाबाट सशस्त्रको मिलेमतोमा तस्करी

21.5k Shares

सिरहा ।  मधेस प्रदेशमा पनि बिकृती बढेको छ । जसको पुष्टि गत १३ भदौको एक घटनाले देखाएको छ । १३ गते मधेस प्रदेशस्थित सिरहा जिल्लाबाट मदिरा बोकेर तिब्र गतिमा गएको स्कार्पियो गाडिले किचेर भारतीय सशस्त्र सिमा बल ( एसएसबी ) का हेड कन्स्टेबल देबराज शर्माको मृत्यु भएको थियो । सो गाडी सिरहाको लगडिगोठबाट भारतीय सहर जोगिया हुँदै जयनगर तर्फ जाँदै थियो । सो स्कार्पियो गाडीमा अवैध मदिरा लोड गरेर गएको थियो । सशस्त्र प्रहरीसँग सेटिङ मिलाएर त्यसरी मदिरा तस्करी हुँदै थियो । यस घटनाले मधेस प्रदेशमा भइरहेको मदिरा सहित अन्य बस्तुको समेत डरलाग्दो तस्करीको अवस्थालाई बाहिर ल्याएको छ ।

सिरहामा मात्रै सशस्त्र प्रहरीका एक दर्जन बढी बिओपी छ्न् । मदिरा तस्करी भइरहेको बिओपी लगडिगोठमा इन्सपेक्टर अनन्त राई र माडरमा केशर श्रेष्ठ बिओपी इन्चार्जका रुपमा छन् । जिल्ला स्थित सशस्त्र प्रहरी बलका ७ नम्बर गण प्रमुख एसपी रमेश कुमार थापाको कमजोर कमान्ड र मिलेमतोका कारण ठूलो घटना भएको छ । त्यसरी एसएसबीका कर्मचारीको मृत्यु भएको घटनाले नेपालतर्फको सुरक्षा कमजोरी बाहिर आएको छ ।सिरहाका सबै जसो नाका बाट व्यापक तस्करी भइरहेको स्थानिय बताउंछन् । त्यहाँबाट हुने तस्करी र एसपीको गैरजिम्मेवार हर्कतका बिषयमा पटक पटक प्रश्न उठे पनि कारबाही हुन सकेको छैन ।

सम्बन्धित समाचार