बुटवलबाट हराएका तीन बालक मुम्बईमा भेटिए

24.2k Shares

बुटवल, २६ भदौ   रुपन्देहीको बुटवल उपमहानगरपालिकामा घरबाट विद्यालय जाँदा बेपत्ता भएका बालक भारतको मुम्बई पुगेको खुलेको   बुटवल उपमहानगरपालिका-११, दुर्गानगरका १५ वर्षीय सागर पौडेल समीर लम्साल तथा १४ वर्षीय प्रदीप पन्थी शुक्रवार बिहान विद्यालयतर्फ गए पनि विद्यालय समेत नपुगी बेपत्ता भएका थिए

शुक्रबार साँझसम्म पनि घरमा नपुगेपछि सुरु भएको खोज कार्यमा प्रहरीको संलग्नताले बालकहरू भेटिएको १५ बालक सागरका मामा राजु पन्थीले जानकारी दिए इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठग बहादुर केसीले बालकहरू आफन्तको सम्पर्कमा आएको सुरक्षित रहेको प्रतिक्रिया दिए   उनले भने, बेपत्ता बालकमध्ये एक जनाको अभिभावकसमक्ष पुगेको बालकहरू सुरक्षित रहेको जानकारी हामीसँग अन्य बालकका अभिभावक जाँदै हुनुहुन्छ त्यसपछि थप अनुसन्धान सुरु हुन्छ

१५ वर्षीय समीर लम्सालका भान्जा दाई बुबाले मनग्य आम्दानी चाहे सोचेको कामको प्रलोभनमा लामो समय देखि पार्ने गरेको खुलेको सागरमा मामा राजु पन्थीले जानकारी दिए । उनका अनुसार प्रदीप पन्थीका परिवारसँग कुरा गर्दा यी तीन बालकलाई भान्जा दाई समीरका बाबु बुद्धिबहादुर लम्सालले प्रलोभन देखाएको पाइएको बताए बालकहरूले जान नमानेकोले अचेत बनाएर मुम्बई लगेको बताए

उनले भने, प्रदीपको परिवारसँग भिडियोकलमा कुरा हुँदा परिवारसँग समीरको आफ्नै बुबा भान्जा दाईले प्रलोभन देखाएको भनेका छन् हामीहरू भारततर्फ जाँदै छौँ उता पुगेपछि थप जानकारी दिनेछु  यता बालकहरूले विद्यालय जानको लागि देबीनगर बुद्धनगर पुलमा पुगेको समयमा गाडीमा राखेपछि कुनै याद नभएको प्रतिक्रिया दिएको आफन्तले बताएका छन्

सम्बन्धित समाचार