सर्वोच्च अदालतको न्यायाधीशमा तीनजनाको नाम सिफारिस

20.5k Shares

काठमाडौं, २१ भदौ  । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा तीन जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको न्यायपरिषद्को‍ बैठकले नीता गौतम दीक्षित, विनोद शर्मा र डीएन पराजुलीको नाम सिफारिस गरेको हो ।
गौतम उच्च अदालत तुल्सीपुरकी मुख्य न्यायाधीश हुन् । शर्मा उच्च अदालत जनकपुरका न्यायाधीश हुन् । पराजुली नेपाल ल क्याम्पसका प्रमुख हुन् ।
न्यायपरिषद्‍ले गरेको सिफारिस संसदीय सुनुवाइले अनुमोदन गरेपछि राष्ट्रपतिबाट न्यायाधीश नियुक्त हुने प्रावधान छ ।

सम्बन्धित समाचार