सिट बाँडफाँट टुंग्याउन गठबन्धन कार्यदलको बैठक बस्दै

20.9k Shares

काठमाडौं, २० भदौ  । सत्ता गठबन्धनको कार्यदल बैठक आज बस्दै छ । आगामी संसदीय निर्वाचनका लागि गठबन्धन दलबीच सिट बाँडफाँटको जिम्मा पाएको कार्यदलको बैठक आज बस्न लागेको हो ।

कार्यदलको बैठक दिउँसो १ बजेका लागि डाकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

कार्यदलको बैठक आइतबार (हिजो) पनि बसेको थियो । तर, लगातार बैठकहरु बसे पनि कार्यदलले कुनै ठोस सहमतिको खाका तयार गर्न सकेको छैन ।

गठबन्धनमा रहेका दलहरुले आफ्नो दाबी नछाडेपछि कार्यदलले सिट बाँडफाँट टुंगोमा पुर्याउन नसकेको हो । कार्यदलले सबैलाई न्यायोचित हुनेगरी सिटको प्रस्ताव गरेर शीर्ष नेताहरु प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

सम्बन्धित समाचार