कांग्रेसले गर्याे कैलाली क्षेत्र नं. २ (ख) बाट भरत कुमार शाही लगायतको सिफारिस – कस्को सम्भावना कति ?

19.2k Shares
काठमाडौं, १९ भदौ । ०६२÷०६३ को आन्दोलनका चर्चित बिधार्थी नेता भरतकुमार शाहीलाई आउँदो मंसिर ४ गते हुन लागेको निर्वाचनमा कैलाली क्षेत्र नं. २ प्रदेश क्षेत्र ‘ख’ बाट प्रदेश सभा सदस्यको उम्मेदवारमा नेपाली कांग्रेस कैलाली क्षेत्र नं. २ ले सिफारिस गरेको छ ।

क्षेत्रिय समितिले उनी लगमयत १० जनाको नाम सिफारिस गरेको हो । लामो समय राजनीतिमा सक्रिय उनी युवाहरुका माझमा लोकप्रिय छन् । राजनीति सँगसँगै सामाजिक क्षेत्रमा क्रियाशील शाही सिफारिस भएका नेताहरू मध्ये प्रमुख दाबेदार मानिन्छन् ।

जनताका काममा दिनरात खट्न सक्ने छवि बनाएका कारण कांग्रेसले टिकट दिँदा सजिलै निर्वाचन जित्न सक्ने अनुमान गरिएको छ । देशभर युवा लहर चलिरहेको वेला शाही जस्ता उर्जावान युवालाई कांग्रेसलेले उम्मेदवार बनाउनु पर्ने दवाव बढेको छ । अहिले कैलालीमा फेरि पहिचानका नाममा जातीयता र क्षेत्रियताको नारा लगाउँदै समाजलाई भड्काउने प्रयास भैरहेका बेला आफूलाई सबैको साझा उम्मेदवारका रूपमा सबैले स्वीकार्ने बताउँदै टिकट दिएमा समग्र युवा तथा आम जनताको भावना अनुसार काम गर्ने भएकाले मतदाताले आफूलाई जिताउने उनको विश्वास रहेको छ ।

२० बर्ष अगाडि नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्य रहेका बेला लोकतन्त्र प्राप्तिको आन्दोलनमा पटक—पटक जेल परेका शाहीलाई पटक—पटक माओवादीले पनि निशाना बनाएको थियो । माओवादी द्वन्द्वका बेला विस्थापित भएका उनी तत्कालिन नेपाली कांग्रेस प्रजातान्त्रिकको केन्द्रीय कार्यलय बानेश्वरमा रहेका उनी बसेको कुर्सीमुनि टाइम बम राखिएको थियो । त्यतिबेला पनि जोगिएका उनको परिवारका चार जना सदस्य भने नेपाली कांग्रेस भएकै कारण गुमाउन पुगेका छन् ।

सम्बन्धित समाचार