चितवन–३ बाटै प्रतिस्पर्धा गर्ने प्रचण्डको घोषणा

21k Shares

काठमाडौं, १७ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले चितवन क्षेत्र नम्बर–३ बाट नै निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताएका छन् ।

शुक्रबार सुर्खेत विमानस्थल परिसरमा सञ्चारकर्मीसित कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले यसअघि पनि आफूले सोही क्षेत्रबाट प्रतिस्पर्धा गर्दै आएको बताए ।

“मैले प्रस्ट भनिसकेको छु, चितवनको क्षेत्र नम्बर–३ । म पहिला पनि त्यहीँबाट लडेको हुँ, अहिले पनि त्यहीँबाट लड्नेछु” उनले भने ।

पार्टीको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमका लागि प्रचण्डसहितका माओवादी नेता त्यता गएका हुन् ।

सम्बन्धित समाचार