एमाले केन्द्रीय कमिटी बैठक सुरु हुँदै, यस्तो छ बैठकको कार्यसूची

21.4k Shares

काठमाडौं, १० भदौ । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ । आज र भोलि बस्ने केन्द्रीय कमिटी बैठकले पोलिटब्युरो बैठकले तय गरे एजेण्डामाथि छलफल गर्नेछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुर च्यासलमा बस्नेछ ।
बिहीबार बसेको पोलिटब्युरो बैठकले आगामी निर्वाचनको तयारी, निर्वाचनमा उमेदवारको छनोटसम्बन्धी मापदण्ड, वर्तमान अवस्था समेटिएको अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन पेस गर्नेलगायतका केन्द्रीय कमिटीका एजेन्डा तय गरेको छ ।
त्यस्तै संगठित सदस्यहरूको व्यवस्थापन, परिषद् तथा आयोगको प्रतिवेदन पेस गर्नेलगायतका एजेन्डा पनि तय गरेको छ । यी एजेण्डामाथि छलफल गरेर केन्द्रीय कमिटी बैठकले पारित गर्नेछ ।
बैठकको कार्यसूची :
१. अध्यक्षको राजनीतिक प्रतिवेदन
२. केन्द्रीय कमिटी सदस्यहरूको शपथ र कार्यविभाजन
३. सचिवालयका निर्णय अनुमोदन
४.  उमेदवारको छनोटको मापदण्ड
५.  स्थानीय निर्वाचन छानबिन कमिटीको प्रतिवेदन
६. सदस्यता अभिलेख व्यवस्थापन
७. सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन
८. भारत प्रवासको कामका सम्बन्धमा नियामवली
९. पार्टी कामसँग सम्बन्धित केही नियमहरू निर्माण
१०. समसामयिक प्रस्तावहरू

सम्बन्धित समाचार