सामाजिक कार्यमा ललितपुरको ‘सान’का रुपमा परिचित बने महर्जन

20.9k Shares

काठमाडौं । नेपाली कांग्रेसका लोकप्रिय युवानेता तथा समाजसेवीका रुपमा आफ्नो पहिचान बनाइसकेका ललितपुर जिल्लाका परिचित नाम हो मीनकृष्ण महर्जन ।


नेता महर्जन कसैको दुःख देख्न नसक्ने र सामाजिक कार्यक्रममा सधैं व्यस्त रहने नेताको रुपमा पनि लिने गरिन्छ । यिनै समाजसेवी नेता महर्जनका कारण गोदावरी नगरपालिका वडा नम्बर ११ स्थित चापागाउँको ऐतिहासिक ईखा पोखरीमा पानीमा माछालाई अक्सिजन कमि भएपछि नेता महर्जनले  गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन मार्फत् करिब ६० हजार बराबरको ३ वटा पानीको फोहर फाल्ने मेसिन हाल्ने कार्य गरेका छन् ।


करिब ३ सय बर्ष पुरानो जिर्ण अबस्थामा रहेको  उक्त ऐतिहासिक ईखा पोखरी १३ बर्ष अगाडी नेता महर्जनको सक्रियतामा पुनः निर्माण गरिएको थियो । नेता महर्जनले पर्यटकिय स्थल बनाउने  उदेश्यका साथ उक्त पोखरी भित्र बगैचा निर्माण गरेको छ ।


उक्त ईखा पोखरी जनैपूणिर्माको दिन सो पोखरीको पानी जल स्वरुप नेवार समुदायहरुले क्वाटि बनाएर खाने चलन रहेको छ । नेता महर्जनले पोखरी नजिक रहेको करिब ३ सय बर्ष पुरानो चन्द्र भैरब मन्दिर र गणेश मन्दिर उनै नेता महर्जनको अध्यक्षतामा पुनः निर्माण गरिएको थियो ।


महर्जनकै सकृयता करिब ९ सय बर्ष पुरानो श्री सत्य सिं महाबिहार पनि पुनः निर्माण गर्न लागिएको छ । उक्त बिहार ५ करोड ६० लाख लागत रहेको छ । गुम्बाको डीपीआर तयार भइसकेको छ । चापागाउँ निवासी स्थानिय लक्ष्मी कर्माचार्य भन्छिन् मीनकृष्ण भाई  हाम्रो चापागाउँको लागि शान हो, भाईले चापागाउँ बिकासको निम्ति अहोरात्र लागि परेको कर्माचार्यले बताईन् ।

त्यस्तै अर्का स्थानिय गुणदेबि शाक्यले मीनकृष्ण चापागाउँबासीहरुको मात्र नभई समग्र ललितपुर क्षेत्र नम्बर १ को बिकासप्रेमि नेताको रुपमा परिचित रहेको  र  थुप्रै उल्लेखनीय कार्य  गर्दै आई रहेको शाक्यले खोजतलासलाई बताईन् । समाजसेवी महर्जनकै पहलमा चापागाउँदेखि एतिहासिक बज्रबाराही मन्दिर जाने बाटो फराकिलो बनाउनेदेखि लिएर कालोपत्रेसम्म गरेका थिए । यदि सो बाटो महर्जनले फराकिलो नबनाईदिएको भए अहिले सो बाटो फराकिलो बनाउने सम्भावनै नहुने स्थानीय राजेन्द्र महर्जन बताउँछन् । मीनकृष्णले गरेको कार्यका कारण अहिलेको चापागाउँ हेर्न लायकको भएको भन्दै समाजसेवी महर्जन चापागाउँको मात्र नभई ललितपुर क्षेत्र नम्बर १ का जनताहरुको सारथि रहेको बताएको बताउँछन् । जहाँ समस्या त्यहाँ समाधान गर्ने भनेकै मीनकृष्ण महर्जन रहेको राजेन्द्र महर्जनको भनाई रहेको छ ।


नेता महर्जनको पहलमा आफ्नो चुनाबी क्षेत्रमा बागमती प्रदेशबाट १० करोड भन्दा बढी बजेट बिनियोजित भएका थियो । नेता महर्जन दक्षिण ललितपुरको मात्रै नभएर ललितपुर जिल्लामा निकै लोकप्रिय नेताको रुपमा परिचीत मात्र नभएर कांग्रेस पार्टी भित्रै ललितपुर जिल्लामा प्रभावशाली नेताको रुपमा सबै कांग्रेसीले लिने गरेका छन् । नेता महर्जन खेलकुद क्षेत्रका हस्तिको रुपमा पनि परिचित छन् । २०६६ सालमा नेपाल सरकारको मन्त्री परिषदको निर्णय पश्चात राष्ट्रिय खेलकुद परिषद कोषाध्यक्ष भएका थिए ।


महर्जन करातेका पुर्ब अन्तर्राष्ट्रिय खेलाडी समेत हुन् । समाजिक कार्य लगायत खेलकुद क्षेत्रमा पनि उत्तिकै योगदान गरेको समाजसेवी तथा नेपाली कांग्रेसका प्रभावशाली नेता महर्जनलाई  कांग्रेसका शिर्ष नेताहरुले पनि उत्तिकै मन पराउने गरेका छन् ।
नेता महर्जन कांग्रेसको ११ औ महाअधिबेशनमा महाअधिबेशन प्रतिनिधि, १२ औ महाअधिबेशनमा महासमिति सदस्य, १३ महाअधिबेशनमा महासमिति सदस्य र १४ औ महाअधिबेशनमा महासमिति सदस्य भएका थिए । नेता महर्जन २०५६ सालदेखि निरन्तर १० बर्षसम्म तरुण दल केन्द्रिय सदस्य भएका थिए । २०४६ सालको जनआन्दोलन ताका कांग्रेसको सदस्य लिई आन्दोलनमा सकृय रुपमा लागेका महर्जनलाई २०६२÷ ६३ सालको लोकतान्त्रिक आन्दोलनमा पार्टीले काठमाडौ उपत्यका युवा परिचालन कमिटीको कमान्डरको जिम्मेवारी समेत दिएको थियो । महर्जन खेलकुद पृष्ठभूमिका भएका कारण पार्टीले कांग्रेसको केन्द्रिय खेलकुद बिभाग सचिबको जिम्मेवारी समेत दिएको थियो ।

सम्बन्धित समाचार