ललितपुर । गोदावरी नगरपालिका वडा नं. ७ देविचौरका एसईई पशिक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुलाई वडा अध्यक्ष मथुराप्रसाद शर्माले ११ कक्षासम्म निःशुल्क बढाउने घोषणा गरेका छन् ।
आफ्नो वडाबाट एसईई उर्तिण भएका सबै बिद्यार्थीलाई आफ्नो खर्चमा निःशुल्क पढाउने अध्यक्ष शर्माले घोषणा गरेका हुन् । आफ्नो वडाबाट एसईई दिई उर्तिण भएका बिद्यार्थीले यो सुबिधा पाउन देविचौरको श्री देवी उच्च माविमा अध्ययन गर्नुपर्ने सर्त रहेको वडा अध्यक्ष शर्माले जानकारी गराएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले बुधबार माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरे लगत्तै उर्तिण भएका बिद्यार्थीलाई शुभकामना दिँदै शर्माले भनेका छन्, ‘उच्च शिक्षा अध्ययन गर्ने इच्छा हुँदा हुँदै पनि गाउँ घरमा गरिवीका कारण धेरै मानिसले पढ्न पाएका छैनन्, मेरो यो घोषणाले गाउँको एउटा किसानको बच्चाको भविष्य बन्न सक्छ ।’
स्थानीय क्याम्पसमा पढ्ने बिद्यार्थीलाई सहयोग गरिदेऊ भन्दा समाजसेवीहरुले पनि सहयोगको जिम्मा लिन सक्ने भएको हुदाँ सबै व्यभार आफुलाई मात्र नपर्ने र यदि गर्नुपरेको खण्डमा पनि आफूले घोषणा गरेअनुसार विद्यार्थीहरुलाई ११ कक्षासम्म निःशुल्क अध्ययन गराउने वातावरण बनाउने प्रतिक्रिया दिएका छन् ।