मन्त्री भुषालद्वारा गोनपा—१२ पाकोमा व्यायामशाला र चिल्ड्रेन पार्कको उद्घाटन

17.2k Shares

ललितपुर । गोदावरी नगरपालिका वडा नं. १२ तत्कालिन ठेचो ८ पाकोस्थित पार्क र पार्कमा निर्माण गरिएको व्यायामशाला तथा चिल्ड्रेन पार्कको आज आइतबार उद्घाटन भएको छ ।

सो पार्क, व्यायामशाला तथा चिल्ड्रेन पार्कको प्रमुख अतिथि ऊर्जा मन्त्री तथा संघीय सांसद पम्फा भुषालले रिबन काटेर उद्घाटन गरेकी हुन् । 


ठेचो पाकोस्थित पार्क निर्माण गर्न संघीय सांसद राजकाजी महर्जन र दिपेश महर्जनको पहलमा झण्डै ५० लाख रुपैयाँमा पार्क निर्माण भएको थियो भने त्यही पार्कमा संघीय सांसद राजकाजी महर्जनको पहलमा १५ लाख रुपैयाँमा व्यायामशाला र चिल्ड्रेन पार्क निर्माण गरिएको पार्क,  व्यायामशाला तथा चिल्ड्रेन पार्कको उद्घाटन कार्यक्रमको अध्यक्षता गरिरहेका पार्क निर्माण उपभोक्ता मितिका अध्यक्ष जित गोविन्द महर्जनले जानकारी गराएका छन् । 


पार्को पार्कभित्र व्यायामशाला र चिल्ड्रेन पार्क उद्घाटन कार्यक्रमका विशेष अतिथि मन्त्री भुषालले सार्वजनिक स्थानको संरक्षण र अतिक्रमणबाट रोक्नको लागि पनि पार्क, व्यायामशाला, चिल्ड्रेन पार्कको निर्माण गर्नुपर्ने आवश्यकता भइसकेको बताएकी थिइन् । 


त्यस्तै, विशेष अतिथिका रुपमा रहेका प्रदेश सांसद राजकाजी महर्जनले गोदावरी नगरपालिका वडा नं. १२ मा सार्वजनिक स्थानको संरक्षणका लागि धेरै नै पार्क, व्यायामशालाहरु निर्माण कार्य सम्पन्न भइसकेको र कतिपय स्थानमा धमाधम निर्माण भइरहेको जानकारी गराएका थिए । 


अतिथिहरुमा गोदावरी नगरपालिका वडा नं. १२ का अध्यक्ष जगतबहादुर महर्जन, नगर कार्यपालिकाका सदस्य राममाया नेपाली, जिल्ला समन्वय समिति सदस्य शोभा कार्की, नेकपा माओवादी केन्द्रका बागमती प्रदेशका सदस्य न्हुच्छे महर्जनलगायत रहेका थिए । कार्यक्रमको संचालन पाको पार्क निर्माण उपभोक्ता समितिका सचिव बासुदेव महर्जनले गरेका थिए । 


सम्बन्धित समाचार