चोलेन्द्रले च्यापेका न्यायाधीशहरु धमाधम बर्खास्त

18.9k Shares

काठमाडौं । चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीशका रुपमा हालीमुहाली भएका न्यायाधीशहरु तारोमा पर्न थालेका छन् । कतिपय न्यायाधीशहरु चोलेन्द्रकै पालामा नियुक्त गरिएका थिए । उनीहरुको छानविन गर्दै कारबाही हुन थालेको छ । न्यायपरिषद्ले अयोग्य हुँदा हुँदै न्यायाधीश बनेका र गलत आचरण गरेकाहरुमाथि कारबाही बढाउने क्रमलाई गति दिएको हो ।
उच्च अदालतकी न्यायाधीश रेणु साह बखास्त भएको केही दिनमा थप दुईजना न्यायाधीश बखास्तगीको सिफारिशमा परेका छन् । न्यायपरिषद्को बैठकले न्यायधीशहरु राकेशकुमार निधि र अनिलकुमार शर्मालाई बर्खास्त गर्न सिफारिस गरेको हो । कायममुकायम प्रधानन्यायधीश दिपककुमार कार्कीको टेबलमा उनीहरुको बखास्तगीको सिफारिश पुगेको । अन्तिम निर्णय कार्कीले लिनेछन् ।
निधि उच्च अदालत महेन्द्रनगरको न्यायाधीश र शर्मा काठमाडौं जिल्ला अदालतमा न्यायाधीश थिए । यसअघि न्यायाधीशहरु नसरुल्लाह अन्सारी र लोकजंग शाह पदमुक्त गरिएका थिए । उनीहरुको फाइल खोज्दै कारबाही भएको हो । यस्ता धेरै न्यायाधीशहरु छानविनमा छन् । थप न्यायाधीशहरु बर्खास्तगीमा पर्ने सम्भावना छ ।

सम्बन्धित समाचार