पीसीआर परीक्षण शुल्क घटाइयो, अब सरकारी र निजी ल्याबले २ हजार रुपैयाँमात्रै लिनुपर्ने 

19.2k Shares

काठमाडौं ।  सरकारले कोरोनाभाइरस संक्रमण भए नभएबारे गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पीसीआर परीक्षण शुल्क घटाएको जानकारी दिएका हुन् । 

उनले पीसीआर परीक्षण शुल्क अब दुई हजार कायम गरिएको जानकारी दिए । सरकारी र निजीसहित सबै ल्याबले सबै शुल्कसहित अब पीसीआर परीक्षणको अधिकतम् शुल्क दुई हजार रुपैयाँभन्दा बढी लिन नपाउने उनले जानकारी दिएका हुन् । 

यसअघि सरकारले पीसीआर परीक्षण शुल्क पाँच हजार पाँच सय लिँदै आए पनि निजीहरुले अझै धेरै लिने गरेका थिए । तर, अब सरकारले सबै शुल्क छोडेर अधिकतम् दुई हजारभन्दा बढी लिन नपाउने प्रवक्ता गौतमले जानकारी दिए । 

सम्बन्धित समाचार