18.5k
Shares
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५९७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ जना कोरोना संक्रमित थपिएका छन् ।
जस अनुसार काठमाडौंमा १७८ महिला र ३०५ पुरुष, भक्तपुरमा २२ महिला र ५९ पुरुष र ललितपुरमा १६ महिला र १७ पुरुष रहेका छन् । शनिबार काठमाडौं उपत्यकामा ४३१ कोरोना संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टामा देशभर एक हजार ३९ कोरोना संक्रमित थपिएका छन् ।