सिन्धुपाल्चोक पहिरो अपडेट : बिहानीपख पहिरो, ४ जनाको शव फेला

16.5k Shares

काठमाडौं । सिन्धुपाल्चोक, बाह्रबिसेको पहिरोमा हराएकामध्ये ४ जनाको शव फेला परेको छ ।
स्थानीयका अनुसार बिहानीपख ३ बजेको आसपासमा गएको पहिरोमा परी कम्तीमा २५ घरमा क्षति पुगेको छ । भीरखर्कबाट सुरु भएको पहिरोले नागपुगेको बस्ती नै छोपेकाले यति नै घरमा क्षति पुगेको भनेर भन्न कठिन रहेको स्थानीयकाले जानकारी दिए । भीरखर्क ठाउँ छै जोखिममै थियो । ठाडो भिरालो जमिन भएकाले पहिरोको सम्भावना नै थियो । तर, नागपुगेचाहिँ समथर ठाउँमै पर्छ । डेढ किलोमिटर लामो पहिरो गएको छ । 

सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरो : एक जनाको मृत्यु, २३ जना बेपत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं ७ मा गएराति पहिरो खस्दा एक जनाको ज्यान गएको छ ।
२३ जना बेपत्ता भएको नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले उज्यालोलाई जानकारी दिनुभयो । उहाँकाअनुसार दुई जनाको उद्धार गरिएको छ । पहिरोले वडा नं ७ मा पर्ने घुन्थाङको भीरखर्कमा ३ वटा र नागपुजेमा ९ वटा घर पुरेको उहाँले जानकारी दिनुभयो ।

अहिले प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

सम्बन्धित समाचार