एजेन्सी– पाकिस्तानको बलुचिस्तान प्रान्तमा पछिल्लो २४ घण्टाको अवधिमा ३९ जनाको हत्या भएको छ। जसमा २२ जना यात्री रहेका छन्।
यसका साथै कलात जिल्लामा ११ जनाको हत्या भएको छ। जसमध्ये पाँच जना प्रहरी रहेका छन्। यस्तै एक अर्को जिल्लामा ६ वटा शव बरामद गरिएको छ।
दक्षिण पश्चिम पाकिस्तानको बलुचिस्तानको मुसाखेल जिल्लामा बन्दुकधारीले कम्तिमा २२ जनाको हत्या गरेको बीबीसीले उल्लेख गरेको छ।
अधिकारीका अनुसार बन्दुकधारीले मानिसहरुलाई उनीहरुको गाडीबाट उतारेर पहिचान र ठेगाना पत्ता लगाएपछि उनीहरुको हत्या गरिएको हो।
यस्तै बीएलएले पूरै इलाकामा प्रहरी चौकी, सुरक्षा बलको शिविर र अन्य कैयौं सरकारी क्षेत्रमा हमला गरेका छन्।
यो हमला शनिबार र आइतबारको मध्यरातमा बलुचितस्तान प्रान्तको एक जिल्लाको राजमार्गमा भएको हो। यहाँ सुरक्षा बलले सांप्रदायिक, जातीय र अलगाववादी हिंसाको लगातार सामना गरिरहेको छ।