गोदावरी नगरपालिका— २ मा पनि कांग्रेस उम्मेदवार सिलवालको प्यानलै विजयी

15.6k Shares

ललितपुर, १ जेठ । गोदावरी नगरपालिका वडा नं. २ विष्टछापको वडा अध्यक्षमा  नेपाली कांग्रेसका उम्मेद्वार मनोहर सिलवालसहित नेपाली कांग्रेसको प्यानलै विजयी भएका छन् ।
गोदावरी नगरपालिका वडा नं. १ गोदामचौरमा पनि अध्यक्षसहित प्यानलको विजयीले गोदावरी नगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारीसहित अन्य वडाहरुमा पनि कांग्रेसका उम्मेदवारहरुको विजयी हुने संकेत देखिएको छ । विगतमा एमालेले जितेको वडा नं. २ मा कांग्रेसका उम्मेदवारको विजयीले गोदावरी नगरपालिकाका अधिकांश वडाहरुमा कांग्रेसकै उम्मेदवारहरुले जित्ने संकेत देखिएको छ ।

सम्बन्धित समाचार