संक्रमितको संख्या ५० हजार नाघ्यो, आज १२४६ थप संक्रमित 

18k Shares

काठमाडौं । नोभेल कोरोना भाइरस पचास हजार नाघेको छ भने आज एक हजार २४६  संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार २४६ संक्रमित थपिएको जानकारी दिए । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ । 
पछिल्लो २४ घण्टामा एक हजार ८१८  जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ३५ हजार ७०० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७१  प्रतिशत रहेको छ ।
 

सम्बन्धित समाचार