डीएसपीसहित २० जना प्रहरीमा कोरोना संक्रमण

19k Shares

२४ भदौं, रौतहट । रौतहटमा प्रहरी नायव उपरीक्षक (डीएसपी)सहित २० जना प्रहरीमा कोरोना भाइरस संक्रमण भएको छ ।
आज बिहान आएको रिपोर्टमा एक इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी), दुईजना प्रहरी निरीक्षकसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) सिद्धिविक्रम शाहले बताए ।
ठूलो संख्यामा प्रहरी कार्यालयका कर्मचारीमा संक्रमण देखिएपछि उक्त इलाका प्रहरी कार्यालयलाई सेनेटाइज गरेर र भौतिक दुरीसहित केही कामकाजलाई मात्रै निरन्तरता दिएको एसपी शाहले बताए । गत शुक्रवार प्रहरी र स्थानीयसहित ४१ जनाको स्वाब संकलन गरेर परीक्षण गर्दा २० प्रहरी र ८ जना स्थानीयमा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएका प्रहरीलाई चन्द्रपुर—२ मा रहेको आइसोलेसनमा पठाइएको र इलाका प्रहरी कार्यालयमा जिल्लाबाट थप टोली पठाएको एसपी शाहले बताए ।
 

सम्बन्धित समाचार