डेनमार्क—इङ्ल्यान्ड बराबरी, बेल्जियम र फ्रान्सको सहज जित

17.3k Shares

एजेन्सी  । यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा इङ्ल्यान्डले डेनमार्कसँग गोलरहित बराबरी खेलको छ भने बेल्जियम र फ्रान्सले सहज जित निकालेका छन् ।
समूह बी अन्तर्गत रहेको इङ्ल्यान्डले डेनमार्कसँग बराबरी खेल्दै एक–एक अंक बाँड्न बाध्य भएको हो । 
मंगलबार राति भएको खेलमा दुबै टोलीले खाता भने खोल्न सकेनन् । अघिल्लो खेलला बेल्जियमसँग पराजित भएको डेनमार्कलाई आजको खेलमा जित्नै पर्ने दबाब भएपनि जित भने निकाल्न सकेन । 
यता, पहिलो खेलमा आइसल्यान्डसँग जित निकालेको इङ्ल्यान्डले दोस्रो खेलमा भने जित निकाल्न सकेन । बराबरीसँगै इङ्ल्यान्ड दुई खेलबाट चार अंक जोड्दे समूह बीको दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको बेल्जियमको ६ अंक छ । डेनमार्क भने एक अंकसँगै तेस्रो स्थानमा छ ।

त्यस्तै, बेल्जियमले सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा बेल्जियमले आइसल्यान्डलाई ५–१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा बेल्जियमलाई जित दिलाउन मिच्चे बात्सुयाले दुई गोल गरे । त्यस्तै एक्सेल विट्सेल, डेरिस र्मेतेन्स, डेरिस मेर्टेन्स र डोकुले एक–एक गोल गरे । उता आइसल्यान्डका लागि होल्ब्रेटले एक गोल गरे । 

त्यस्तै, फ्रान्सले क्रोएसियामाथि ४–२ गोलको पुनरागमन जित निकाल्न सफल भएको हो । 
घरेलु मैदानमा भएको खेलमा फ्रान्सलाई जित दिलाउन एन्टोनी ग्रिजम्यान,  डेयोटले र ओलिभर जिरुडले एक–एक गोल गरे । एक गोल फ्रान्सले आत्मघाती उपहार पाएको थियो । उता क्रोएसियाका लागि डजान लोरेन र जोसिप ब्रेकालोले एक–एक गोल गरे । 


खेकलो १६ औँ मिनेटमा डेजानले गोल गर्दै क्रोएसियाका लागि अग्रता दिलाएका थिए । ४३ औँ मिनेटमा फ्रान्सका लागि एन्टोनी ग्रिजम्यानले बराबरी गोल फर्काए । पहिलो हाफको इन्ज्युरी समयमा डोमिनिक लिभाकोसिभले आत्मघाती गोल गर्दा फ्रान्सले २–१ गोलको अग्रता बनाए । 
पहिलो हाफमा दुई गोल गरेको फ्रान्सले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भएको थियो । खेलको ६५ औँ मिनेटमा फ्रान्सका लागि डेयोटले गोल गर्दै फ्रान्सलाई ३–२ गोलको अग्रता दिलाए । ७७ मिनेटमा जिरुडले गोल गर्दै फ्रान्सलाई ४–२ गोलको जित दिलाए । 
जितसँगै समूह सीको फ्रान्सले दुई खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा आफूलाई स्थापित गरेको छ । समान अंक भएको पोर्चुगल शीर्ष स्थानमा छ । पराजित क्रोएसिया चौथो स्थानमा छ ।

सम्बन्धित समाचार