खेलकुद क्षेत्रमा इतिहास रच्दै २०७८ स्ट्रेन्थ लिफ्टीङ्ग प्रतियोगिता गत शनिबार नवलपरारीको सुनबल नगरपालिका, भुमही—१२ स्थित होटल ऐटलसमा गत शनिबार सम्पन्न भएको छ ।
सो प्रतियोगितामा नवलपरासी जिल्ला स्ट्रेन्थ लिफ्टीङ्ग संघको आयोजना भएको थियो । सो प्रतियोगिताको प्रमुख अतिथिमा पुर्ब भौतिक पुर्बधार बिकास मन्त्री, लुम्बिनी प्रदेश सभासद माननीय बैजनाथ चौधरी रहनुभएको थियो भने विशेष अतिथिहरुमा माननीय भगवती भण्डारी, माननीय राम लखन हर्पजन, नेपाल स्ट्रेन्थ लिफ्टीङ्ग संघका केन्द्रीय अध्यक्ष भारत महर्जन, उपाध्यक्ष नारायण प्रधान, महासचिव जीवन गिरी, भारतबाट पालनु भएको ईन्डियन ताथ वल्र्ड स्ट्रेन्थ लिफ्टीङ्गका महासचिव बबुल बिकश प्रतनविश, पेमा दोर्जी भुटिया, सिक्किम स्ट्रेन्थ लिफ्टीङ्ग संघका अध्यक्ष ऐलन टगैन रहनुभएको थियो ।
त्यस्तै, अतिथिहरुमा कार्यवहाक नगरप्रमुख दधिराम अर्याल, जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष दोलराज भण्डारी, उद्योग बाणिज्य महासंघ नवलपरासीका अध्यक्ष केशव भण्डारी, जिल्ला खेलकुद विकास समिति नवलपरासीका उपाध्यक्ष होमनाथ भण्डारी रहनुभएको थियो भने सो प्रतियोगितामा विभिन्न जिल्लाका स्ट्रेन्थ लिफ्टीङ्ग संघका पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतियोगितामा निणार्यकको भुमिका सन्तोष काजी शाक्य, कबिर भगत प्रधानाङ्ग, हेरी धिमाल, चन्द्रबहादुर राना, राजेश सुवाल, अर्जुन लम्साल, बिजेन्द्र मान श्रेष्ठले गर्नु गरेका थिए ।
सो प्रतियोगिताको सभापति नवलपरासी जिल्ला स्ट्रेन्थ लिफ्टीङ्ग संघका अध्यक्ष नवराज डुम्रे र सयोजक बिकश गुरुङले गरेका थिए ।
छ वटा समुहमा खेलाइएको उक्त प्रतियोगितामा नवलपरासी जिल्लाका ७ वटा जिम तथा फिटनेस कलबबाट ८ महिला र ८३ पुरुष खेलाडीहरु गरी जम्मा ९१ जना खेलाडीहरुले सहभागिता जनाएका थिए । बिजय हुने खेलाडीहरुलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो र समुहगत बिजयता खेलाडीहरु भलु भैरब जिम हाउस सुनवलका क्रमशः अन्जना श्रेष्ठ र सुदिप पाण्डेलाई जनही दस हजार रुपैयाँ र ट्रफी प्रमुख अतिथि माननीय बैजनाथ चौधरी, माननीय भगवती भण्डारी, केन्द्रीय अध्यक्ष भरत महर्जन र उपाध्याय नारायण प्रधानले प्रदान गरेका थिए भने महासचिव जीवन गिरिले आगामी दिनमा विभिन्न जिल्लामा यस्ता प्रतियोगिताहरु गर्दै जाने सो कार्यक्रममा जानकारी गराएका थिए ।