सुनको भाउ घट्यो

16.6k Shares

काठमाडौं, ६ चैत । सुनचाँदीको भाउ सामान्य घटेको छ । गएको शुक्रबारको तुलनामा सुन तोलामा ६०० र चाँदी तोलामा १० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको मूल्य तोलाको ९९ हजार २०० रुपैयाँ कायम गरेको छ । शुक्रबार तोलाको ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको भाउ पनि तोलामा ६०० रुपैयाँले झरेर तोलाको ९८ हजार ७०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले कमी आएर तोलाको १३ सय ७५ कायम भएको छ ।

सम्बन्धित समाचार