काठमाडौं । नेपाल राष्ट्र बैंकले सूचना जारी गरी मंगलबारदेखि बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खोल्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सोमबार एक सूचना जारी गर्दै बैंकहरुलाई राजश्व संकलनका लागि ३ दिन सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको हो ।
सरकारले राजश्व उठाउने म्याद २५ गतेसम्म तोकेकोले बैंकहरूलाई राजश्व संकलन गर्ने र क्लियरिङ सम्बन्धी काम गर्ने सबै शाखा तथा क्लियरिङ हाउस ३ दिन खुला गर्ने निर्देशन दिएको केन्द्रीय बैंकले जनाएको छ ।
सीमित शाखामात्रै खोल्दा भीड अत्यधिक हुने भएकोले सबै शाखाबाट सेवा प्रवाह गरेर सहज तरिकाले राजश्व तिर्ने व्यवस्था गर्ने सबै शाखा खोल्न निर्देशन दिएको राष्ट्र बैंकको भनाइ छ ।