अनलाइनबाट जुवा खेलाउने, धम्क्याउने चिनियाँ नागरिकसहित ३७ जना पक्राउ

17.2k Shares

काठमाडौं, १० फागुन । मध्यबानेश्वर क्षेत्रबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ परेका छन् । प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार राति उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सबैलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । अनलाइनबाट जुवा खेलाउने, धम्क्याउने गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । थप अनुसन्धान सुरु गरिएको काठमाडौं प्रहरी परिसरका एसपी  दीनेशराज मैनालीले जानकारी दिए ।

सम्बन्धित समाचार