विवादित सई रिमाललाई एसपी पन्तको आर्शिवाद

18.5k Shares

वीरगञ्ज ।   जिल्ला प्रहरी कार्यालय पर्साले शनिबार गरेको बाइसवटा युनिटको सरुवामा प्रशासनका सई सोमप्रसाद रिमालले राम्रो तर मारेको बुझिएको छ ।
हालसालै असईबाट बढुवा भएका रिमालले कतिपय युनिटका असईलाई रकम लिएर इन्चार्जबाट इन्चार्जमा खटाएका छन् ।
एसपी गंगा पन्तको खास मान्छे हुँ भन्दै हिँड्ने सई रिमालले प्रहरी चौकी रङपुर टाँडीबाट असई कपीलदेव प्रसादलाई प्रहरी चौकी भिसुवा इन्चार्जमै पठाएका छन् ।
त्यसैगरी असई रामदेव चौधरीलाई अस्थायी प्रहरी पोष्ट सुगौली पर्साबाट प्रहरी चौकी विन्धवासिनी पठाएका छन् ।
सरुवाको सूची र सई रिमाललाई दिएको जिम्मेवारी हेर्दा एसपीसँग राम्रै सम्बन्ध भएको देखिन्छ ।
अन्य प्रहरी कार्यालयमा प्रशासनको जिम्मा इन्स्पेक्टरलाई दिइन्छन् तर पर्सामा भने भरखर असईबाट सईको फुली लगाएका सोमप्रसाद रिमाललाई दिएपछि एसपी पन्तका विषयमा त्यही कार्यरत प्रहरी कर्मचारीले चर्चा परिचर्चा गर्ने गरेका छन् ।
एसपी गंगा पन्तको नाम भजाउँदै सई रिमालले चेनअफ कमाण्डलाई समेत चुनौती दिने गरेको बुझिएको छ । इन्स्पेक्टर आफू भन्दा सिनियर भएको भए पनि सलाम गर्नुपर्छ भनेर देखे पनि नदेखे झै गरी हिँड्ने गरेको पनि समाचार स्रोत बताउँछ ।
प्रशासनको रवाफ देखाउँदै युनिटका इन्चार्जबाट मोबाइलको रिचार्ज हाल्न लगाउने देखि विभिन्न सामान मागेर हैरान पार्ने एक प्रहरी बताउँछन् ।
सई रिमालले इन्स्पेक्टर रबीभुषण यादव जस्तै बदमासी गर्न थालेका छन् । सरुवा भएकालाई त्यही थन्काएर राख्ने र चौकी पठाउँदा ५ देखि १० हजार लिने गरेको र सिपाही हवल्दारलाई हेरफेर गर्दा पनि यस्तै पैसाको कारोबार गर्ने गरेको समाचार स्रोत बताउँछ । सई रिमाललाई कहिले दरबन्दी सप्तरी पठाउने हो त्यो हेर्न बाँकी छ ।
 

सम्बन्धित समाचार