काठमाडाैं । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले स्थानीय चुनावमा कांग्रेस एक्लै लड्नुपर्ने बताएका छन् । अरुसँग मिलेर जाँदा कांग्रेस कमजोर हुने तर्क उनले गरे ।
कांग्रेस कार्यसम्पादन समितिको बैठकअघि पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले कांग्रेसको संगठन मजबुत बनाउन पनि एक्लै चुनावमा जानुपर्ने बताए ।
‘हामी एक्लै जानुपर्छ भन्ने मेरो भनाइ छ तर निर्णय हुन बाँकी छ । कांग्रेसको आफ्नै अस्तित्व, पहिचान र संगठन भएकाले संगठनलाई मजबुत बनाउन पनि एक्लै जानुपर्छ,’ कोइरालाले भने, ‘कसैसँग मिलेर जाँदा धेरै पछाडि पर्र्छौं ।’
बिहीवार पार्टी केन्द्रीय कार्यालयमा बस्ने कांग्रेस कार्यसम्पादन समिति बैठकले स्थानीय तहको चुनावी रणनीति बनाउँदैछ ।