काठमाडौं, २६ माघ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुलटार पुगेका छन् ।
दाहाललाई भेट्न विहानै खुमलटार पुगेका नेपालसंगको भेटमा एमसीसी परियोजना, स्थानीय तहको निर्वाचन, संसद् अवरोधलगायत विषयमा छलफल भएको छ ।
सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच एमसीसी पास गराउने भद्र सहमति भएकोसमेत चर्चा हुँदै आएको छ ।
पछिल्लो समय प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीलाई लेखेको पत्र बाहिरिएपछि सत्ता गठबन्धनमा मात्रै नभएर राजनीतिक वृत्तमा नै तरंग पैदा भएको छ । यसले सबैभन्दा बढि अप्ठ्यारो प्रचण्डलाई परेको चर्चा छ ।