काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा शुक्रबार थप २ हजार ९ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौँमा २ हजार १५३, भक्तपुरमा २६८ तथा ललितपुरमा ५१९ जना संक्रमित थपिएका हुन् ।
यस्तै देशभर पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टाको अवधिमा १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६९७ पुगेको छ ।
यस्तै शुक्रबार ५ हजार ४ सय ३२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर ८९ हजार ९४१ जना सक्रिय संक्रमित रहेका छन् । गत चौबीस घन्टामा १३ हजार ७९१ पीसीआर तथा ६ हजार ७८ एन्टिजेन परीक्षण भएको छ ।