मैत्रीपूर्ण खेलका लागि आएका मौरिससका चार खेलाडीलाई कोरोना

17.4k Shares

काठमाडौं । नेपालसँगको दुई मैत्रीपूर्ण खेलका लागि आएका मौरिससका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

सोमबार नेपाल आइपुगेका टोलीको कोरोना परीक्षण गर्दा चार खेलाडीमा पोजेटिभ देखिएको मौरिसस फुटबल संघले जनाएको छ । नेपाल आएकामध्ये लोईक मिचेल, वाल्टर सेन्ट मार्टिन, ह्यान्स प्याटे र कर्लसन अगाथामा कोरोना सक्रमण पुष्टि भएको हो । 

खेलाडीहरुमा कोरोना सक्रमण पुष्टि भएपछि अहिले उनीहरु सेल्फ आइसोलेसनमा बसेका छन् । उनीहरुको दोस्रो कोरोना परीक्षण बिहीबार गरिने छ । उनीहरुको स्वास्थ्य अवस्थामा कुनै समस्या नदेखिएको संघले जनाएको छ । 

बाँकी खेलाडीहरुले भने मंगलबार नै नेपाल आर्मीको खेल मैदानमा प्रशिक्षण गरेका छन् । नेपाल र मौरिससबीच पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल शनिबार र मंगलबार हुनेछ । 

सम्बन्धित समाचार