एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

1.3k Shares

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै सात टोलीका लोगो अंकित ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक गरेको छ ।

एनपीएलको उत्साहलाई क्रिकेट समर्थकमाझ अझ नजिक पुर्‍याउने उद्देश्यले विशेष संस्करणका क्यान ल्याइएको कम्पनीले जनाएको छ । यी क्यानमा प्रतियोगितामा सहभागी सात टोलीका लोगो राखिएका छन् ।

कम्पनीका अनुसार स्पेसल एडिसन क्यानले समर्थकलाई आफ्नो मनपर्ने टोलीप्रतिको समर्थन र गर्व व्यक्त गर्ने अवसर प्रदान गर्नेछ । क्रिकेट हेर्दा वा साथीभाइसँग टोलीबारे चर्चा गर्दा पनि समर्थकले आफ्नो मनपर्ने टोलीको लोगो अंकित क्यान रोज्न सक्नेछन् ।

स्पेसल एडिसन क्यानहरू नजिकका पसल तथा बिक्री केन्द्रमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार