विश्वमा आठ लाख ७८ हजार सात सय ६५ कोरोना संक्रमितको मृत्यु, साँढे दुई करोडभन्दा बढी संक्रमित

18.2k Shares

काठमाडौं, भदौ २० । विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ६७ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ६७ लाख ८४ हजार १७ पुगेको छ ।
आज विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या आठ लाख ७८ हजार सात सय ६५ पुगेको छ भने कोरोना जित्नेको संख्या एक करोड ८८ लाख ९४ हजार ६ सय ५९ नाघेको छ ।
गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म अमेरिका सबैभन्दा बढी प्रभावित छ ।
हालसम्म अमेरिकामा कोरोनाबाट एक लाख ९२ हजार एक सय ११, ब्राजिलमा एक लाख २५ हजार पाँच सय ८४, भारतमा ६९ हजार ६ सय ३५, मेक्सिकोमा ६६ हजार आठ सय ५१ रहेका छन् ।
 

सम्बन्धित समाचार