गाडी आवागमन बन्द गरेर धादिङको परेवाभिरमा सडक मर्मत गरिँदै

210 Shares

काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ परेवाभिर सडकखण्डमा मर्मत गर्न आज १२ घण्टा गाडी पूर्ण रूपमा बन्द गरिएको छ ।

अहिले बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म एम्बुलेन्स र शववाहनबाहेक अरु सबै गाडी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

त्रिशूली नदीमा आएको बाढीका कारण परेवाभिरको सडकमा क्षति पुगेपछि अहिले यो सडकखण्डबाट एकतर्फी रूपमा गाडी सञ्चालन हुँदै आएका थिए । क्षतिग्रस्त सडकको आवश्यक मर्मत गर्न गाडी आवागमन रोक्नुपर्ने अवस्था आएको प्रशासनले जनाएको छ ।

बाढीका कारण धादिङको बेनिघाट रोराङ गाउँपालिकाको कृष्णभीरमा पूर्ण रूपमा सडक अवरुद्ध भएको छ भने बेनिघाट १० जवाङखोला र थाक्रे २ को कमेरेभिरमा एकतर्फी सडक सञ्चालनमा रहेको छ । कृष्णभीरमा पनि सडक खुलाउने गरी काम भैरहेको छ ।

सम्बन्धित समाचार