सुनको भाउ आज २ हजार ५०० रुपैयाँले बढ्यो

964 Shares

काठमाण्डौै – कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाउ २ हजार ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलाको ३ लाख ७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो विहीवार तोलामा ७ हजार ६०० रुपैयाँले बढेर सुन ३ लाख ४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । बुधबार सुन एकैदिन तोलामा ८ हजार ८०० रुपैयाँले घटेर २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार सुनको भाउ एक सय रुपैयाँले बढेर तीन लाख ६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार सुनको भाउ ३ हजार रुपैयाँले घटेर तोलाको ३ लाख ६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

कारोबार हुने हप्ताको पहिलो दिन आईतबार सुनको भाउ तोलामा ९ हजार ५०० रुपैयाँले घटेर ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि ४० रुपैयाँले बढेको छ । हिजो ४ हजार ७२५ रुपैयाँमा करोबार भइरहेको चाँदीको भाउ आज ४ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

सम्बन्धित समाचार