बाढीको जोखिमपछि कालिकोटमा डेढसय मानिसलाई सुरक्षित ठाउँमा सारियो

906 Shares

काठमाण्डौ – कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकामा पर्ने शान्तिघाट खोलामा बाढी आएपछि खोला किनारका झण्डै डेढसय परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ ।

हिजो बेलुकीदेखि वर्षाका कारण खोलाको मुहान क्षेत्रमा पहिरो खसेर पानी थुनिएको र थुनिएको पानी एक्कासी फुटेपछि खोलामा बाढी आएको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले जानकारी दिनुभयो ।

मुम्राको बालीपाटादेखि गैराखाडा, लामाबगर हुँदै शान्तिघाटसम्म खोला किनारमा पानीको बहाव बढेको छ । बाढीको जोखिम बढेपछि स्थानीयलाई तत्काल सचेत गराउँदै करिब डेढ सय परिवारलाई सुरक्षित ठाउँमा सारिएको हो ।

बाढीको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय कालीकोटले पनि खोला किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।

सम्बन्धित समाचार