शेयर बजार लगातार तेस्रो दिन बढ्यो, झन्डै साढे तीन अर्बको कारोबार

645 Shares

काठमाण्डाै – शेयर बजार लगातार तेस्रो दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ६६ अङ्कले बढेर दुई हजार ५४२ दशमलव ७७ विन्दुमा पुगेको छ ।

आज फाइनान्स, जलविद्युत्, निर्जीवन बीमा र अन्य बाहेक सबै समूहको उपसूचक बढेको छ । आज १४५ वटा कम्पनीको शेयर बढेकोमा १२३ वटाको घटेको छ । १० वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज विन नेपाल लघुवित्त, चिरख्वा हाइड्रोपावर र आशा लघुवित्तको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ । बजार सामान्य बढेको दिन प्योर इनर्जीको शेयर १३.३३ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो २ अर्ब ९४ करोडको कारोबार भएकोमा आज ३४६ वटा कम्पनीको १ करोड २१ लाख कित्ता शेयर ३ अर्ब ४६ करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित समाचार