थप १० हजार ७०३ जनामा कोरोना संक्रमण

20.2k Shares

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार ७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा १८ हजार ६१८ पीसीआर तथा ४ हजार ४७४ एन्टिजेन परीक्षण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६३५ पुगेको छ ।

यस्तै आज ७६६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हाल देशभर ६५ हजार ३७४ जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित समाचार