सुनचाँदीको भाउ आज पनि घट्यो

1.1k Shares

काठमाण्डौ - सुनचाँदीको भाउ आज बुधबार पनि घटेको छ । कारोबार हुने हप्ताको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलाको २ लाख ९० हजार ७०० र चाँदीको भाउ तोलामा ४ हजार ६१५ रुपैयाँ थियो । 

तर आइतबारयता भाउ लगातार घटेको हो । हप्ताको पहिलो कारोबार दिन आइतबार ४०० रुपैयाँले, सोमबार ९०० रुपैयाँले र हिजो १ हजार ४०० रुपैयाँले घटेको सुन आज ९०० रुपैयाँले घटेको हो । हिजो २ लाख ८८ हजारमा कारोबार भएकोमा आज घटेर सुन तोलाको २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

त्यस्तै चाँदी आइतबार १० रुपैयाँ, सोमबार २० रुपैयाँ, हिजो ३० रुपैयाँले घटेकोमा आज ५५ रुपैयाँले घटेर तोलाको ४ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । 

सम्बन्धित समाचार