काभ्रेमा बस दुर्घटना, ७ जनाको मृत्यु

964 Shares

काभ्रे । काभ्रेको बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा बस दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका १५ जनालाई उद्धार गरी अस्पताल पठाइएको डीएसपी काभ्रे प्रहरीले जानकारी गराएको छ । 
बनेपाबाट सुँगुरेतर्फ जाँदै गरेको बा३ख ८३९८ नम्बरको बस दुर्घटना भएको बारे थप अनुसन्धान भइरहेको काभ्रे प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार