कैलालीको गोदावरीमा बाढीमा बगेर दुई महिलाको ज्यान गयो

790 Shares

काठमाण्डौ - कैलालीको गोदावरी नगरपालिका- ४ को बाढीमा परी दुई जनाको ज्यान गएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार गोदावरी नगरपालिका–४ की ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउदको ज्यान गएको हो ।

 आज बिहान च्याउ खोज्न जङ्गलतर्फ गएका उनीहरू नदीमा बगेका हुन् । उनीहरूको शव वनदेवी मन्दिर पछाडि फेला परेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार