17.5k
Shares
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ हजार ३४३ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा ४ हजार ६६६, भक्तपुरमा ५७८ र ललितपुरमा एक हजार १९ जना संक्रमित थपिएका हुन् ।
आज देशभरको औसत संक्रमणदर ५२.६ दर रहेको छ । यो हालसम्मकै सबैभन्दा उच्च संक्रमणदर भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।
अहिले देशभर ४६ हजार ५१५ जना होम आइसोलेसनमा र एक हजार ४१४ जना संस्थागत आइसोलेसनमा छन् । तीमध्ये १६९ जना आईसीयूमा र २८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले बुधबार जनाएको छ ।