गृहमन्त्री गुरुङ इन्स्पेक्टर लामाको अन्त्येष्टिमा सहभागी

1.3k Shares

काठमाण्डाै – गृहमन्त्री सुधन गुरुङ प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभय लामाको अन्त्येष्टिमा सहभागी हुनुभएको छ । उहाँले स्वयम्भू पुगेर दिवङ्गत प्रहरी निरीक्षक लामाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

अत्येष्टिमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलगायत वरिष्ठ प्रहरी अधिकृत पनि सहभागी हुनुहुन्थ्यो । गएकाे चैत २९ गते काठमाण्डाैको तारकेश्वर नगरपालिका–८ डाँडागाउँ सडक खण्डमा ‘ड्यिुटी’ सकेर घर फर्कने क्रममा गाडी दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका प्रहरी निरीक्षक लामाको उपचारका क्रममा यही वैशाख १ गते ज्यान गएको थियो ।

रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ निवासी प्रहरी निरीक्षक लामा काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथअन्तर्गत कार्यरत हुनुहुन्थ्यो ।

सम्बन्धित समाचार